Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

स्वास्थ्यमन्त्री पौडेल भन्छन् - परिणाममुखी काम गर्न प्रतिबद्ध छु

स्वास्थ्यमन्त्री पौडेल भन्छन् - परिणाममुखी काम गर्न प्रतिबद्ध छु

शनिवार , कार्तिक २४, २०८१

तनहुँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले परिणामुखी काम गर्न आफू प्रतिबद्ध भएर लागिरहेको बताएका छन् ।

नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले सय दिनसम्म मन्त्रालयबारे बुझ्न लागेको र अब आफू परिणाममुखी काम गर्ने गरी खटिइरहेको बताए ।

मन्त्री पौडेलले भने, “आधारभूत विषयलाई समेटेर योजना बनाएका छौँ, अब त्यसलाई सूक्ष्म ढंगबाट कार्यान्वयन गर्नेतर्फ अगाडि बढेका छौँ ।”

एकैपटक अनुभूति हुने गरी परिणाम ल्याउन गाह्रो रहे पनि जनताको हितमा सरकारले काम गर्ने उनको भनाइ थियो । अर्को प्रसंगमा मन्त्री पौडेलले पुराना पार्टीलाई गाली गरेर नयाँ हुन नसकिने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077