Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

भेनेजुएला भ्रमण सकेर स्वदेश फर्किए माधव नेपाल

भेनेजुएला भ्रमण सकेर स्वदेश फर्किए माधव नेपाल

शनिवार , कार्तिक २४, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भेनेजुएलाको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।

भेनेजुएलाको पार्लियामेन्ट्री फोरमको यही कात्तिक १९ र २० गते आयोजित सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन समेत गरेका थिए।

उनलाई स्वागत गर्न पार्टी नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले सम्मेलनमा सहभागी प्रतिनिधिसँग अनुभव आदानप्रदान गर्नेबारे छलफल गरिएकाले भ्रमण फलदायी रहेको जानकारी दिए।

अध्यक्ष नेपाल यही कात्तिक १७ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077