Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लेबनानमा इजरायली हवाई आक्रमण : १२ जनाको मृत्यु, १० घाइते

लेबनानमा इजरायली हवाई आक्रमण : १२ जनाको मृत्यु, १० घाइते

आइतवार , कार्तिक २५, २०८१

एजेन्सी । पूर्वी र दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते छन् ।

इजरायली युद्धक विमानहरूले दक्षिणी लेबनानमा १५ र पूर्वमा चार थप आक्रमण गरेका छन् ।

जहेर इब्राहिम अताया नामक प्यारामेडिक दक्षिणी लेबनानको पश्चिममा इस्लामिक स्वास्थ्य प्राधिकरणको नव–स्थापित केन्द्रलाई लक्षित गरी इजरायली हवाई आक्रमणपछि मारिएको थियो ।

पूर्वी लेबनानमा बालबेकमा एक लेबनानी नागरिक सुरक्षा अधिकारीले इजरायली सेनाले तीनवटा गाउँ र सहरहरूमा गोली हानेको छ । एक महिलाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077