Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्यो, स्वाधिनताको रक्षा गर्न चुनौतीपूर्ण छ : प्रचण्ड

शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्यो, स्वाधिनताको रक्षा गर्न चुनौतीपूर्ण छ : प्रचण्ड

आइतवार , कार्तिक २५, २०८१

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै गइरहेको आरोप लगाएका छन् ।

मकवानपुरको हेटौंडामा प्रेस सेन्टर नेपालले आज बिहान आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सो आरोप लगाएका हुन् ।

उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति असाधारण ढंगको भएकाले शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै गइरहेको बताए । उनले नेपालको राष्ट्रिय स्वाधिनताको प्रश्न पहिलेभन्दा अहिले अझ बढी पेचिलो र अझ बढी संवेदनशील बन्दै गएको उनको भनाइ छ।

उनले भने, ‘हाम्रो राष्ट्रिय अवस्था या हाम्रो भौगोलिक अवस्था, जसलाई हामी भूराजनीतिको अवस्था भन्छौं। त्यो कारणले ती शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै नै गइरहेको छ।’

नेपालको राष्ट्रिय स्वाधिनतालाई रक्षा गर्ने, सुदृढ गर्ने कुरा, राष्ट्रिय एकतालाई बलियो बनाउने कुरा अहिले अझ बढी चुनौतीपूर्ण बन्दै गएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077