Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रहरी हिरासतबाट फरार भएका मुखिया पक्राउ

प्रहरी हिरासतबाट फरार भएका मुखिया पक्राउ

आइतवार , कार्तिक २५, २०८१

सर्लाही । सर्लाही प्रहरीको नियन्त्रणमा रहेका एक थुनुवा फरार भएका छन् ।

लागूऔषध मुद्दामा इलाका प्रहरी कार्यालय हरिवनको थुनुवा कक्षमा रहेका बरहथवा नगरपालिका-९ मुर्तियाका रामअयोधी मुखिया शनिबार दिउँसो फरार भएका हुन् ।

घटनाबारे छानबिन भइरहेको सर्लाही प्रहरीले जनाएको छ । मुखियालाई प्रहरीले केही बेरअघि नियन्त्रणमा लिइसकेको छ।

इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत हिरासत व्यवस्थापन अधिकृत, सेन्ट्रीसहित ४ जना सुरक्षाकर्मीलाई जिल्लामा झिकाएर छानविन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077