Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

चौथोपटक म्याद थपका लागि रविलाई अदालतमा उपस्थित गराइयो

चौथोपटक म्याद थपका लागि रविलाई अदालतमा उपस्थित गराइयो

आइतवार , कार्तिक २५, २०८१

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका सभापति लामिछानेलाई पुनः म्याद थपको लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने गत असोज २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका थिए । उनलाई आज चौथोपटक म्याद थपको लागि कास्की जिल्ला अदालतमा आज उपस्थित गराइएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन भएको भन्दै पूर्वप्रबन्ध निर्देशक रविसहित पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईंलाई अदालतमा उपस्थित गराइएको छ ।

उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077