Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मानव तस्करीको आरोपमा कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

मानव तस्करीको आरोपमा कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं । मानव तस्करीको आरोपमा प्रहरीले कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई पक्राउ गरेको छ ।

मानव तस्करीमा जोडिएका एमाले कोशीका सांसदसमेत रहेका अधिकारीलाई प्रहरीले विराटनगरस्थित निवासबाटै पक्राउ गरेको हो । जिल्ला अदालत, काठमाडौंले पक्राउ अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् ।

पक्राउ अनुमतिसँगै काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न मोरङ प्रहरीलाई पत्राचार गरेको थियो । आइतबार जिल्ला अदालतले पक्राउ अनुमति दिएको काठमाडौं परिसरका एक अधिकारीले बताए।

उनलाई अहिले केहीबेरमा जहाजबाट काठमाडौं ल्याइँदैछ। अधिकारीलाई एमाले कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिबारको सचिवालय बैठकले अनुमोदन गरेको थियो।

अधिकारीको विषयमा गम्भीर प्रश्न उठेको र त्यो प्रश्नको कानुनी निरूपण नभएसम्मका लागि कोशी प्रदेश कमिटीले उनलाई पार्टीका सबै जिम्मेवारी र पार्टी सदस्यताबाट समेत मुक्त गर्ने निर्णय गरेको थियो।

अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुर्‍याउन खोजेको आरोप छ। अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077