Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

घरबाटै यसरी पक्राउ परे पूर्वमन्त्री अधिकारी

घरबाटै यसरी पक्राउ परे पूर्वमन्त्री अधिकारी

आइतवार , कार्तिक २५, २०८१

विराटनगर । कोशी प्रदेशका पूर्वआन्तरिक मामिलामन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले आफ्नै निवासबाट पक्राउ गरेको छ ।

विराटनगरस्थित घरबाटै प्रहरीले अधिकारीलाई नियन्त्रणमा लिएको हो । उनलाई विराटनगरबाट हवाईजहाजमा काठमाडौं ल्याइने तयारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएसँगै निवासबाट बाहिरिने क्रममा उनले अनुसन्धानलाई सहयोग गर्ने बताए। प्रदेश सरकार र मुख्यमन्त्रीलाई जानकारीसमेत नदिई अधिकारी कात्तिक १३ गते जापान उडेका थिए ।

उनीसँगै नक्कली परिचयपत्र बनाएका तीन व्यक्ति पनि जापान गएका थिए ।

लुकिछिपी जापान बस्ने योजनासहित गएका उनीहरूलाई टोकियो विमानस्थलबाटै डिपोर्ट गरिएको थियो ।

जापानले विमानस्थलबाटै फर्काएपछि अधिकारीले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077