Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो' सम्पन्‍न

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो' सम्पन्‍न

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं । मिस टिन नेपाल २०२४ का प्रतियोगीहरुले आ-आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्।

ट्यालेन्ट शो राउन्ड अन्तर्गत उनीहरुले शनिवार एक कार्यक्रमबीच कला देखाएका हुन्।

मिस टिन नेपालको यस संस्करणमा १६ जना सुन्दरीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगीहरुले नृत्य, गायन, वक्‍तृत्वकला लगायतका कला प्रस्तुत गरेका थिए।

सो कार्यक्रममा ‘काठमाडौं जेसिस’ का अध्यक्ष एन्जिला खडका, पूर्व अध्यक्ष सुमन महर्जन, कार्यकारिणी उपाध्यक्ष नारायण अचार्य, सचिव श्याम घिमिरे, कोषाध्यक्ष करुणा थापा, उपाध्यक्ष रितिज कार्कि रहेका थियो।

साथै मिस टिन नेपाल–२०२१ अदिति कोइराला उपस्थित रहेको थियो। सो कार्यक्रमको कोरियोग्रफर सुगारिका केसी गरेका थिए भने कार्यक्रमको संचालन अदिति कोइरालाले गरेका थिए।

जजमा टेन एक्स क्लबका सिइओ पौरखमर्दन बस्न्यात, काठमाडौं जेसीजका पूर्व अध्यक्ष सुमन महर्जन, सिङ्स लाउन्जका म्यानिजेङ डाइरेक्टर सोबर वाङदेन, कवी किशोर घिमिरे र कोरियोग्राफर तथा अभिनेत्री तेन्जु योन्जन रहेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077