Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अज्ञात समूहले हेडमास्टरमाथि चलायो गोली

अज्ञात समूहले हेडमास्टरमाथि चलायो गोली

आइतवार , कार्तिक २५, २०८१

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-१ स्थित मकवानपुरको सीमामा गोली चलेको छ ।

अज्ञात समूहले चलाएको गोलीबाट मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँ निवासी प्रधानाध्यापक प्रेम बहादुर बोम्जन गम्भीर घाइते भएका हुन् । उनी मकवानपुरको हात्ती सुने माविका प्रधानाध्यापक हुन् ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ बाट मकवानपुरको राईगाउँ जाने सडकमा पर्ने जोगी खोलाको मुहानमा प्रधानाध्यापक बोम्जनमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

दाहिने गालामा गोली लागेका बोम्जनलाई उपचारका लागि वीरगंज पठाइएको छ । गोली चलेको स्थानमा अहिले प्रहरी चौकी पौराहीबाट प्रहरी सहायक निरीक्षक कुन्दन सिंहको नेतृत्वमा टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077