Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराउने भन्दै साढे २७ लाख ठगी, पौडेल पक्राउ

सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराउने भन्दै साढे २७ लाख ठगी, पौडेल पक्राउ

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं । अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ निवासी २९ वर्षीय सुजन पौडेल रहेका छन् ।

पौडेलले सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराउने आश्वासन दिएर ठगी गरेको प्रहरीको आरोप छ । पौडेलले ४० थान ल्यापटपको नाममा पीडितबाट २७ लाख ६० हजार रुपैयाँ असुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पौडेलसहितका केही व्यक्तिहरूले पीडितलाई सस्तोमा ल्यापटप उपलब्ध गराइदिने विश्वास दिलाएर रकम लिए पनि सामान नदिई ठगी गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ । उनलाई कार्तिक २३ गते काठमाडौंको ठमेल, नर्सिङचोक क्षेत्रबाट पक्राउ गरिएको थियो ।

पक्राउपछि सुजन पौडेललाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077