Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

१६२ किलो गाँजासहित वाग्ले पक्राउ

१६२ किलो गाँजासहित वाग्ले पक्राउ

आइतवार , कार्तिक २५, २०८१

मकवानपुर । मकवानपुरमा प्रहरीले १६२ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–१२ का २९ वर्षीय किरण वाग्ले रहेका छन् ।

विशेष सूचनाको आधारमा मनहरिबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ६३६१ नम्बरको पिक अप भ्यान चेकजाँच गर्ने क्रममा गाँजा भेटिएको मकवानपुर प्रहरीले जनाएको छ ।

खाली प्लास्टिक क्रेटहरूको मुनि लुकाएर राखिएको गाँजा र योद्धा गाडी सहित वाग्लेलाई नियन्त्रणमा लिइएको हो ।

उनीमाथि अनुसन्धान गर्नका लागि मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट थप चार दिनको म्याद लिई आवश्यक अनुसन्धान कार्य भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077