Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जुवातास खेलिरहेका पाँचजना पक्राउ, ६७ हजार बरामद

जुवातास खेलिरहेका पाँचजना पक्राउ, ६७ हजार बरामद

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाबाट जुवातास खेलिरहेका पाँच जना पक्राउ परेका छन् ।

नागार्जुन-४ शुभकामना टोलमा रहेको श्रेया खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खाजघर सञ्चालक संखुवासभाको खाँदबारी नगरपालिका-४ घर भएकी ४० वर्षीया उषा तामाङ पनि रहेकी छन् ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ५२० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077