Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बैंकिङ कसुरमा २ करोड भन्दाबढी बिगो तोकिएका सुदिपचन्द्र र सुरज फेरि १२ लाख ठगीमा पक्राउ

बैंकिङ कसुरमा २ करोड भन्दाबढी बिगो तोकिएका सुदिपचन्द्र र सुरज फेरि १२ लाख ठगीमा पक्राउ

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं । वैदेशिक रोजगारको नाममा ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलब र सुविधासहित अष्ट्रेलिया पठाइदिने आश्वासनमा राखी ठगी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुले पीडितहरुसँग विदेश पठाउने भन्दै १२ लाख रुपैयाँ ठगी गरेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखी, अष्ट्रेलिया पठाउने नाटक गर्दै उनीहरु सम्पर्कविहीन भएका थिए ।

पीडितहरुले जाहेरी दिएपछि प्रहरीको अनुसन्धानबाट उक्त ठगी प्रकरणको पर्दाफास भएको हो । ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्तिहरु सुदिपचन्द्र बख्रेल र सुरज खनाल रहेका छन् ।

सुदिपचन्द्र पर्सा जिल्लाको पर्टेवा सुगौली गाउँपालिका–२ रंगपुर टाडीका स्थायी बासिन्दा हुन् भने हाल उनी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० बालुवाखानीमा बस्दै आएका थिए । त्यस्तै, सुरज पनि पर्सा जिल्लाको पर्टेवा सुगौली गाउँपालिका–२ रंगपुर टाडीका स्थायी निवासी हुन् र हाल ललितपुर महानगरपालिका–२ सानेपामा बस्दै आएका थिए ।

पक्राउ परेका दुबैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ ।

अनुसन्धानका क्रममा यी व्यक्तिहरु यसभन्दा पहिला पनि ठगीसहितका विभिन्न अपराधमा संलग्न रही फरार रहेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुमाथि यसअघि अदालतले बैंकिङ कसुर मुद्धामा दुई करोड भन्दामाथि विगो तोकेको अनुसन्धानबाट खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077