Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कास्की प्रहरीको हिरासतमा रहेका रविलाई बयानका लागि आज रूपन्देही लगिँदै

कास्की प्रहरीको हिरासतमा रहेका रविलाई बयानका लागि आज रूपन्देही लगिँदै

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही लैजाने तयारी भएको छ ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कास्की प्रहरी हिरासतमा रहेका पूर्व गुहमन्त्रीसमेत रहेका रविलाई सोमबार साँझको जहाजबाट भैरहवा लिने तयारी भएको हो ।

कार्तिक २ गते पक्राउ गरी अनुसन्धानका लागि २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा राखिएका उनलाई कास्की जिल्ला अदालतबाट थप १३ दिन हिरासत राख्न अनुमति लिएर रुपन्देही लैजाने तयारी भएको बताइएको छ ।

स्रोतका अनुसार कास्की प्रहरीसँगको समन्वयमा सोमबार साँझको जहाजबाट भैरहवा ल्याइने गरी प्रक्रिया अगाडि बढेको छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।

सोही सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077