एजेन्सी । सिरियाको राजधानी दमस्कसनजिकै आइतबार साँझ इजरायलले हवाई आक्रमण गरेको छ ।
जसमा महिला र बालबालिकासहित सात सर्वसाधारणको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
देशको रक्षा मन्त्रालयका अनुसार, साँझ करिब ५ बजे इजरायलले आक्रमण गरेको थियो ।
आक्रमण दमस्कसको ग्रामीण इलाकामा सय्यदाह जायनाब क्षेत्रस्थित आवासीय भवनलक्षित थियो ।
आक्रमणबाट निजी सम्पत्तिमा पनि ठूलो क्षति पुगेको छ ।