Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

दार्चुलाबाट जुवातास खेलिरहेका ८ जना पक्राउ

दार्चुलाबाट जुवातास खेलिरहेका ८ जना पक्राउ

सोमवार , कार्तिक २६, २०८१

दार्चुला । दार्चुलाबाट प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिका-४ ऐरीछानास्थित किसन सिंह धामीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आइतबार अपरान्ह ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घरधनी २५ वर्षीय धामीसहित अन्य ७ जना रहेका छन्। प्रहरी टोलीले हिजो अपराह्न ४ बजे धामीको घरमा छापा मारेको थियो ।

सो क्रममा प्रहरीले २ लाख ३२ हजार ३७० रुपैयाँ नगद र तीन गड्डी तास पनि बरामद गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077