Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सस्तोमा ल्यापटप दिने भन्दै साढे २७ लाख ठगी गर्ने सुजन पक्राउ

सस्तोमा ल्यापटप दिने भन्दै साढे २७ लाख ठगी गर्ने सुजन पक्राउ

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिन भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ घर भएका २९ वर्षीय सुजन पौडेल रहेका छन् ।

पौडेललाई २७ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

ठगीमा संलग्न रहेका व्यक्तिमध्येका पौडेललाई काठमाडौंको ठमेल नर्सिङचोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पौडेलसमेतका व्यक्तिले अनलाइनमार्फत सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिने भन्दै पीडितलाई ४० थान ल्यापटप बराबरको रु २७ लाख ६० हजार रकम लिइ ल्यापटप दिएका थिएनन् ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077