Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

जापानको प्रधानमन्त्रीमा इसिबा निर्वाचित

जापानको प्रधानमन्त्रीमा इसिबा निर्वाचित

सोमवार , कार्तिक २६, २०८१

एजेन्सी । जापानको प्रधानमन्त्रीमा लिबरल डेमोक्रेटिक पार्टीका नेता सिगेरु इसिबा पुन: निर्वाचित भएका छन् ।

संसद्‌मा आज भएको मतदानमा इसिबाले विपक्षी नेता योसिहिको नोडालाई पराजित गरेका हुन् ।

इसिबाले प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि संसद्‌मा बहुमत प्राप्त गरेका छन् । प्रधानमन्त्रीको मतदानका लागि बाटो खोल्न इसिबाले सोमबारको संसद्को विशेष अधिवेशनअघि राजीनामा दिएका थिए ।

त्यसको केही घण्टापछि संसद्‌मा मतदान भएको थियो। गत अक्टुबरमा भएको मतदानमा इसिबाले पार्टी एलडीपीले र उसको साझेदार कोमेटोले संसद्‌मा बहुमत गुमाएको थियो ।

४ सय ६५ सदस्यीय संसद्‌मा एलडीपी–कोमेटो गठबन्धन २ सय १५ सिटमा खुम्चिएको थियो । तर कुनै पनि नेताले प्रधानमन्त्री बन्न संसद्‌मा आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि संसदको विषेश अधिवेशनबाट उनी प्रधानमन्त्रीमा चयन भएका हुन् ।

अब उनले आफ्नो पार्टीभित्रको शत्रुतासँगै देशको आर्थिक संकट व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नुपर्ने भएको छ ।

अल्पमतको सरकारको नेतृत्वकर्ताका रुपमा उनले कुनै पनि कानुन वा बजेट पारित गर्नका लागि विपक्षी गुटको मागलाई ध्यान दिनु पर्ने चुनौतीको सामना गर्नुपर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077