Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अछाम असई कुटपिट प्रकरण : धामीलाई जिल्ला तानियो, नयाँ हाकिम पठाइँदै

अछाम असई कुटपिट प्रकरण : धामीलाई जिल्ला तानियो, नयाँ हाकिम पठाइँदै

सोमवार , कार्तिक २६, २०८१

अछाम । अछाम जिल्लाको तुर्माखाद गाउँपालिका-१ रहफस्थित प्रहरी चौकीका इन्चार्जलाई जिल्ला तानिएको छ । सो प्रहरी चौकीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक (असई) महेश सिंह धामीलाई जिल्ला तानिएको हो ।

यही कार्तिक १४ गते राति मदिरा सेवन गरेर एक्लै गाउँ पुगेका असई धामीलाई देउसी भैलोको टिमले कुटपिट गरेको थियो । सो घटनामा असई धामीको कमजोरी देखिएपछि जिल्ला तानेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

उनले भने, 'प्रारम्भिक छानविनमा प्रहरी कर्मचारीको कमजोरी देखिएको छ । जिल्ला तानेर अनुसन्धान थालेका छौँ । कानुन वमोजिम कारबाही प्रक्रिया अघि बढ्छ ।'

साथै उनले कुटपिटमा संलग्नको पनि खोजी कार्य हुने जानकारी दिए । मदिरा सेवन गरेर एक्लै गाउँ पुगेका असई धामीले देउसी भैलो टोलीसँग विवाद गरेको बुझिएको छ । सोही क्रममा असईमाथि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कार्तिक १४ गतेको घटनालाई हालसम्म पनि गुपचुप राखिएको थियो ।

प्रहरी कर्मचारीकै गल्ती भएका कारण गुपचुप राखिएको बताइएको छ । उनको स्थानमा अब केही दिनमा नयाँ हाकिमलाई पठाइने डीएसपी भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077