Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कास्की प्रहरीको हिरासतमा रहेका रविलाई बिहानै बुटवल लगिँदै

कास्की प्रहरीको हिरासतमा रहेका रविलाई बिहानै बुटवल लगिँदै

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही लगिँदै छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न उनलाई बिहानै रुपन्देही लान लागिएको हो ।

बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको उनीमाथि अभियोग छ । लामिछानेलाई बुटवल ल्याए लगत्तै आजै बयान सुरु गरिने प्रहरीले जनाएको छ ।

कात्तिक २ गते सहकारी ठगीको आरोपमा पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतले आइतबार १३ दिनको म्याद थप गरेको थियो। कास्कीमा उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको मुद्दामा अनुसन्धान भइरहेको छ ।

बुटवलको सुप्रिम सहकारीको बचत रकम मध्ये १४ करोड २९ लाख रुपैँया जिवी राइ, छविलाल जोशी, रवि लामिछानेको समुहले गोर्खा मिडियामा लगेर अपचलन गरेको मुद्दा रुपन्देहीमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077