Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रवि लामिछानेलाई विमानस्थल लगियो, मौसम खुलेसँगै रुपन्देही पठाइने

रवि लामिछानेलाई विमानस्थल लगियो, मौसम खुलेसँगै रुपन्देही पठाइने

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा विमानस्थल पुर्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धानका लागि रुपन्देही लैजान विमानस्थल पुर्याइएको हो ।

उनलाई मौसम खुलेसँगै रुपन्देही पठाइने प्रहरीले जनाएको छ । बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको उनीमाथि अभियोग छ ।

लामिछानेलाई बुटवल ल्याए लगत्तै आजै बयान सुरु गरिने प्रहरीले जनाएको छ । सहकारी ठगी र सङ्गठित अपराध कसूरमा यही कार्तिक २ गते पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासत छन् ।

उनलाई थप १३ दिन हिरासतमा राख्न अस्ति जिल्ला अदालत कास्कीले अनुमति दिएको थियो ।

रास्वपाका कार्यकर्ताले बुटवलमा प्रदर्शनको तयारीसमेत गरेका छन् । बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077