Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान जारी

सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान जारी

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।

सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि रूपन्देही ल्याइएका सभापति लामिछानेको बयान सरकारी वकिलको कार्यालयमा सुरू भएको हो।

लामिछानेलाई प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रूपन्देही ल्याएको थियो । गत कात्तिक २ गते सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई मंगलबार दिउँसो पौने १ बजे भैरहवास्थित सरकारी वकिल कार्यालयमा लगिएको हो।

कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका रविलाई ३ गते पोखरा पुर्‍याइएको थियो । ४ गते अदालतमा पेश गरेपछि उनी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।

बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077