Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

घुससहित अदालतका दुई कर्मचारी अख्तियारको फन्दामा

घुससहित अदालतका दुई कर्मचारी अख्तियारको फन्दामा

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । कपिलवस्तु अदालतका दुई कर्मचारी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले मंगलवार दिउसो ३ बजेतिर गौढी चोक स्थित चिया पसलबाट २० हजार घुस सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अदालतका तहसिलदार सन्तोष कुमार मिश्रा र कम्प्युटर अप्रेटर विकास पाण्डेय रहेका छन् ।

उनीहरुले बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनका अनुसार उनीहरुबाट श्रोत नखुलेको ९६ हजार ८०० रुपैयाँ पनि बरामद गरिएको छ ।

उनीहरुलाई कपिलबस्तु नगरपालिका वडा नं. १ स्थित गौढी चोकबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077