Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ट्रम्पको फौजदारी सजायसम्बन्धी फैसला पुनः स्थगित

ट्रम्पको फौजदारी सजायसम्बन्धी फैसला पुनः स्थगित

बुधवार , कार्तिक २८, २०८१

एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी सजायको फैसला फेरि स्थगित भएको छ । न्यूयोर्कको एक अदालतका न्यायाधीश जुआन मार्चनले नोभेम्बर १९ सम्मका लागि ट्रम्पको सुनुवाई स्थगित गरेका हुन् ।

बीबीसीका अनुसार ट्रम्पको सजाय रद्द गर्ने विषयमा मंगलबार सुनुवाइ भएको थियो । गत हप्ताको सुरुमा ट्रम्पका वकिलहरूले यस मुद्दाको सुनुवाई स्थगित गर्न अदालतसमक्ष आग्रह गरेका थिए । ट्र

सन् २०१६ को चुनावअघि एक महिलासँगको शारीरिक सम्बन्धलाई लुकाउन ट्रम्पले व्यापारिक रेकर्डहरू हेरफेर गरेको जुरीले पत्ता लगाएपछि उनलाई गएको मे महिनामा ३४ वटा फौजदारी अभियोगमा दोषी ठहर गरिएको थियो ।

हालै सम्पन्न निर्वाचनमा विजयी भएका ट्रम्पले आउँदो जनवरी २० देखि अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077