Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भारतको झारखण्डमा पहिलो चरणको मतदान जारी

भारतको झारखण्डमा पहिलो चरणको मतदान जारी

बुधवार , कार्तिक २८, २०८१

एजेन्सी । भारतको झारखण्डमा पहिलो चरणको मतदान जारी छ । राज्यका ८१ विधानसभा सीटहरू मध्ये ४३ वटामा मतदान भइरहेको हो ।

झारखण्ड निर्वाचनमा बिजेपी नेता एवं झारखण्डका पूर्व मुख्यमन्त्री चम्पाई सोरेन पनि चुनावी मैदानमा छन् भने ४३ सिटका लागि भइरहेको मतदानमा पूर्व सांसद गीता कोडासमेत ६८३ जना उम्मेदवार चुनावी मैदानमा छन्।

यसैबीच, नयाँ मतदातालाई बधाई दिदैँ प्रधानमन्त्री नरेन्द्र मोदीले लोकतन्त्रको यस पर्वमा उत्साहका साथ सहभागी हुन सबैसँग आग्रह गरेका छन्।

झारखण्डमा दुई चरणमा विधानसभा चुनाव हुँदैछ । दोस्रो चरणको मतदान नोभेम्बर २० मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077