Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

निर्मला पन्त घटनाको प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल रिहा

निर्मला पन्त घटनाको प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल रिहा

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले कञ्चनपुरकी निर्मला पन्त घटनाको प्रत्यक्षदर्शी दाबी गरेका नवराज अर्याललाई सोधपुछ गरेर छाडेको छ।

आफूलाई निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी बताउने अर्याललाई टेलिभिजन अन्तर्वार्ताबारे सोधपुछ गरेर परिवारलाई जिम्मा लगाइएको हो।

प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता दिँदै गोरखा घर भई काठमाडौं बस्दै आएका अर्यालले आफू उक्त घटनाको प्रत्यक्षदर्शी दाबी गरेका थिए।

त्यसपछि प्रहरीले अर्याललाई नियन्त्रणमा लिएर सोधपुछ गरी बिहीबार राति नै छाडेको सिआइबीले जनाएको छ।

अन्तर्वार्ता सार्वजनिक भएपछि सिआइबीले उनलाई मंगलबार ३ घण्टाभन्दा बढी सोधपुछ गरेर छाडेको थियो।

उनलाई बुधबार पनि उपस्थित हुन भने पनि उपस्थित नभएपछि सिआइबीले पक्राउ गरेको थियो।

साथै सिआइबीले अर्यालसँग अन्तर्वार्ता लिएका पत्रकार ऋषि धमलासँग बुधबार सोधपुछ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077