Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रुपन्देहीमा सकियो रविको बयान, शुक्रबार पहिलो उडानमार्फत पोखरा लगिने

रुपन्देहीमा सकियो रविको बयान, शुक्रबार पहिलो उडानमार्फत पोखरा लगिने

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको छ ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा जोडिएका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेको बयान सकिएको हो । लामिछानेसँग तीन दिनमा २३ घण्टा बयान लिइएको छ ।

बयान सकिएसँगै उनलाई अब शुक्रबार बिहान पहिलो उडानमार्फत पोखरा लिइने छ । उनलाई बिहीबारै पोखरा लैजाने तयारी भएको भए पनि बयान भएका कागजी प्रक्रिया मिलानमा ढिलाई हुँदा पोखरा लैजान नसकिएको रुपन्देही प्रहरीले जनाएको छ ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई मंगलबार पोखराबाट भैरहवा ल्याइएर त्यही दिनै बयान शुरू गरिएको थियो ।

पोखरा हिरासतबाट रविलाई बयानका लागि भैरहवा लगिएपछि रास्वपा कार्यकर्ताहरूले भैरहवामा पनि प्रदर्शन गरेका थिए । उनीहरूले तीनै दिन प्रदर्शन गरे । उनीहरूले बिहीबार बुटवलदेखि भैरहवासम्म मोटरसाइकल र्‍याली समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077