Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

शान्ति-सुरक्षामा प्रहरी कुकुरको प्रयोगसम्बन्धी प्रशिक्षण धनगढीमा सकियो

शान्ति-सुरक्षामा प्रहरी कुकुरको प्रयोगसम्बन्धी प्रशिक्षण धनगढीमा सकियो

शुक्रवार , कार्तिक ३०, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा शान्ति सुरक्षा र अपराध अनुसन्धानमा प्रहरी कुकुरको परिचालन र प्रभावकारितासम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सकिएको छ ।

बिहीबार आयोजित यस कार्यक्रममा नेपाल प्रहरी केनाइन कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक देउती गुरुङको नेतृत्वमा आएको टोलीले प्रशिक्षण दिएको हो ।

यस कार्यक्रममा सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न मुद्दा चल्ने प्रहरी इकाईहरूमा कार्यरत जुनियर प्रहरी अधिकृतहरू, प्रहरी उपरीक्षक नवराज कार्की सहितका सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, तथा अन्य प्रहरी कर्मचारी गरी कुल ३५ जनाको सहभागिता रहेको थियो।

प्रशिक्षणमा अपराध अनुसन्धान र शान्ति सुरक्षामा तालिम प्राप्त प्रहरी कुकुरहरूको प्रयोगको प्रभावकारिताबारे सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको बताइएको छ । प्रहरी कुकुरको प्रयोग, खोज र उद्धार कार्यमा यसको भूमिकालाई प्रभावकारी बनाउन प्रशिक्षणको क्रममा विभिन्न अभ्यासहरू र डेमो प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077