Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार दायर भएको छ ।

७८ हजार रुपैयाँ घुससहित पक्राउ परेका वीरेन्द्रप्रसाद साहविरुद्ध अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत साहले बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको हेटौंडाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा साहले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए। आयोगले उनलाई कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077