Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सरुवा भएका डीएसपी जयसवालको बिदाइ

सरुवा भएका डीएसपी जयसवालको बिदाइ

शुक्रवार , कार्तिक ३०, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्राविधिक प्रहरी नायव उपरीक्षक ई. अजय कुमार जयसवालको सरुवा भएको छ ।

उनको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा सरुवा भएको हो । साथै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले शुक्रबार एक विशेष कार्यक्रमकाबीच डीएसपी जयसवाललाई बिदाइ गरेको छ ।

उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले डीएसपी जयसवाललाई मायाको चिनो प्रदान गर्दै उहाँको व्यक्तिगत र व्यवसायिक जीवनमा सफलताको शुभकामना व्यक्त गरे ।

साथै उनले आगामी दिनमा पनि संगठनको शिर उच्च राख्ने गरी कार्यसम्पादन गर्न डीएसपी जयसवाललाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077