Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अनैतिक क्रियाकलापमा संलग्न जोडी होटलबाट पक्राउ, सञ्चालक पनि फन्दामा

अनैतिक क्रियाकलापमा संलग्न जोडी होटलबाट पक्राउ, सञ्चालक पनि फन्दामा

शुक्रवार , कार्तिक ३०, २०८१

कैलाली । कैलालीमा प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्लाको गोदावरी नगरपालिका वडा नं. १ मनेरामा रहेको पिके होटल एण्ड लजबाट उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको हो ।

कार्यालयको अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले होटल सञ्चालकसहित एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको बताइएको छ ।

मालाखेती प्रहरीका अनुसार उक्त लजमा अनैतिक गतिविधि सञ्चालन भइरहेको बिशेष सुचनाका आधारमा छापा मारिएको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077