Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

‘महानायक’ भन्नेलाई ब्लक गरिदिने दीपकराज गिरीको चेतावनी

‘महानायक’ भन्नेलाई ब्लक गरिदिने दीपकराज गिरीको चेतावनी

शनिवार , मंसिर १, २०८१

काठमाडौं । कलाकार दीपकराज गिरीले आफूलाई 'महानायक' भन्नेलाई सामाजिक सञ्जालमा 'ब्लक' गरिदिने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा गिरीलाई ‘महानायक’ भनेर ट्रोल हुने क्रम नरोकिएपछि उनले यस्तो चेतावनी दिएका हुन् ।

‘आजबाट जस–जसले मलाई महानायक सम्बोधन गर्नुहुन्छ, उहाँलाई मेरो फेसबुकमा ब्लक गर्दैछु । यो पद न मैले कहिले दाबी गरेको थिएँ, न गर्नेछु’, उनले शुक्रबार फेसबुकमा भनेका छन्, ‘तर, मैले बारम्बार भन्दा पनि भेडापन्थी देखाउने मानिस कमसेकम मेरो फेसबुकमा जोडिन सक्दैन ।'

फरक विचार स्वागत, असभ्यता अस्वीकार ।’ साथै उनले फेसबुकको पर्खाल आफ्नो बिचार पोख्ने थलो भएको बताए । यहाँ आफूलाई के मन पर्छ त्यो लेख्ने हो दुनियाँलाइ के मन पर्छ त्यो लेख्ने होइन भन्दै उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077