Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

चेक बाउन्स मुद्दामा गुन्डा नाइके सत्यमान लामा पक्राउ

चेक बाउन्स मुद्दामा गुन्डा नाइके सत्यमान लामा पक्राउ

सोमवार , मंसिर ३, २०८१

काठमाडौं । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका गुन्डा नाइके सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ।

काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका-४ बस्दै आएका लामालाई प्रहरीले पक्राउ गरेको हो ।

लामालाई जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो ।

पक्राउ परेका सत्यमान दावा लामाका सहयोगी पनि रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सत्यमान पटक-पटक ठगी गरेको आरोपमा पक्राउ परेका थिए ।

उनलाई अपराध महाशाखाले काभ्रेको तेमालमा भूकम्प पीडितका लागि अस्पताल बनाउँछु भनी एक करोड ७५ लाख ठगेको आरोपमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077