Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सीआईबी प्रमुख थापा भन्छन् - दुर्गा प्रसाईंविरुद्ध किर्ते र मानहानी मुद्धा चल्छ

सीआईबी प्रमुख थापा भन्छन् - दुर्गा प्रसाईंविरुद्ध किर्ते र मानहानी मुद्धा चल्छ

मंगलवार , मंसिर ४, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि किर्ते र साइबर क्राइममा अनुसन्धान हुने भएको छ।

फौजदारी कसुरमा दुई महिनाभित्र दोस्रोपटक पक्राउ परेका प्रसाईंमाथि साइबर अपराध मुद्दामा अनुसन्धान हुने भएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले प्रसाईंलाई आज भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएको आरोपमा पक्राउ परेका उनीमाथि विद्युतीय अपराध सजाय ऐनअन्तर्गत अनुसन्धान हुने सीआईबी प्रमुख एआईजी दीपक थापाले बताए ।

प्रसाईंका विरुद्ध कागजात कीर्ते र मानहानी मुद्दासमेत चल्ने उनले बताए ।

यसअघि प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंबाट साईबर अपराधमा पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले पक्राउ पुर्जी दिएरै प्रसाईंलाई नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ ।

प्रसाईँले प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाइएका सामग्री सामाजिक सञ्जालमा फैलाएको आरोप छ। प्रसाई यसअघि असोज ६ गते पनि पक्राउ परेका थिए ।

सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको उजुरीको आधारमा साइबर ब्युरोले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077