Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

हनि ट्रयापिङ प्रकरणको अनुसन्धान सकियो : इन्स्पेक्टर प्रतिवादी, एसपी जोगिए

हनि ट्रयापिङ प्रकरणको अनुसन्धान सकियो : इन्स्पेक्टर प्रतिवादी, एसपी जोगिए

मंगलवार , मंसिर ४, २०८१

काठमाडौं । ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीमा व्यापारीलाई थुनामा राखेर पैसा असुलिएको घटनामा इन्स्पेक्टरलाई पनि प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेको छ ।

इन्स्पेक्टर बिनुकुमारी शाही समेत हनि ट्रापिङ गिरोहमा मिलेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । करिब दुई महिना लामो अनुसन्धानपछि मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय पुगेको हो ।

इन्स्पेक्टर शाहीसहित ६ जनाविरुद्ध मुद्दा चलाउन सिआइबीले सिफारिस गरेको छ । जसमा दुई जना फरार छन् । गिरोहका नाइके ताज इस्लाम, उनका सहयोगी सुष्मा विक र भिमादेवी थापा तथा प्रहरी हवल्दार महेन्द्र हमाल थुनामै छन् ।

निलम्बित इन्स्पेक्टर शाही र इटहरीका दर्शन पोखरेललाई फरार प्रतिवादी बनाइएको छ । एसपी कमल थापा भने तत्कालका लागि जोगिएका छन् ।

उनीमाथि थप अनुसन्धान हुने सिआइबीले जनाएको छ । दुई महिनाअघि प्रहरी प्रभाग भैंसेपाटीमा जग्गा व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख असुलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077