Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

म्याद थपका लागि दुर्गा प्रसाईंलाई गरियो अदालतमा पेस

म्याद थपका लागि दुर्गा प्रसाईंलाई गरियो अदालतमा पेस

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।

साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईंलाई आज म्याद थपका लागि अदालतमा पेस गरिएको हो।

प्रसाईंलाई साइबर अपराधको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हिजो भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

प्रसाईंलाई प्रहरीले सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौं पुर्‍याइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएपछि पक्राउ परेका प्रसाईँमाथि किर्तेसहित साईबर अपराध लगायत अन्य विविध कसुरमा पनि अनुसन्धान हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077