Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी काठमाडौंमा

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी काठमाडौंमा

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी काठमाडौं आइपुगेका छन्।

नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न द्विवेदी नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सेनाका उच्च अधिकारीहरूले स्वागत गरे।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि द्विवेदी काठमाडौं आएका हुन्।

भ्रमणका दौरानमा जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।

उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077