Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अछामका विवादित असईले दिए राजीनामा

अछामका विवादित असईले दिए राजीनामा

बुधवार , मंसिर ५, २०८१

अछाम । अछामका विवादित प्रहरी सहायक निरीक्षक (असई) महेश सिंह धामीले राजीनामा बुझाएका छन् । आचरण विपरित काम गरेपछि विवादमा तानिएका असई धामीले राजीनामा बुझाएका हुन् ।

जिल्लाको तुर्माखाद गाउँपालिका–१ रहफस्थित प्रहरी चौकीको इन्चार्ज रहेका बेला कुटाइ खाएपछि उनी विवादमा तानिएका थिए ।

गत कार्तिक १४ गते राति मदिरा सेवन गरेर एक्लै गाउँ पुगेका उनीमाथि देउसी भैलो टिमले कुटपिट गरेको थियो । घटना झण्डै दुई हप्तासम्म गुपचुप राखिएको थियो ।

तर सामाजिक सञ्जालमार्फत घटना सार्वजनिक भएपछि उनलाई जिल्ला तानेर जिल्ला प्रहरी कार्यालय अछामले समिति बनाएरै छानविनको तयारी थालेको थियो ।

तर त्यसभन्दा अगाडी नै धामीले राजीनामा बुझाएका हुन् । उनको राजीनामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट केही दिन अघि स्वीकृत भइसकेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077