Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

इन्स्पेक्टर बोहरा सर्वोत्कृष्ट गण प्रहरी घोषित

इन्स्पेक्टर बोहरा सर्वोत्कृष्ट गण प्रहरी घोषित

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक बिरेन्द्र बहादुर बोहरा कार्तिक महिनाको सर्वोत्कृष्ट गण प्रहरी घोषित भएका छन् ।

दसैंतिहार तथा छठ पर्वको शान्ति सुरक्षामा गणबाट परिचालन हुने प्रहरी जनशक्तिलाई उत्कृष्ट ढंगबाट परिचालन गरेको भन्दै गणका प्रमुख तथा प्रहरी उपरीक्षक नेत्र मणि गिरीले इन्स्पेक्टर बोहरालाई सर्वोत्कृष्ट गण प्रहरी घोषित गरेका हुन् ।

साथै इन्स्पेक्टर बोहराले गण परिसर भित्रको डिउटी लगायत कार्यालयका अन्य कामकारवाहीहरु अनुशासित, कर्तव्यनिस्ट भई उत्कृष्ट एवम त्रुटिरहित ढङ्गबाट सम्पादन गरेका थिए ।

उनले आफुलाई दिइएको जिम्मेवारी ईमानदारी तथा बफादारीका साथ गर्दै आएको जनाइएको छ ।

उनले गरेका कामको उच्चतम मूल्याङकन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न गणले इन्स्पेक्टर बोहरालाई कार्तिक महिनाको सर्वोत्कृष्ट गण प्रहरी घोषणा गरेको हो ।

साथै एसपी गिरीले इन्स्पेक्टर बोहराको उज्वल भविष्यको कामनासहित उत्तरोत्तर प्रगतीको कामना गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077