Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रहरीकै संलग्नतामा सीमा नाकाबाट तस्करी बढ्दै

प्रहरीकै संलग्नतामा सीमा नाकाबाट तस्करी बढ्दै

बुधवार , मंसिर ५, २०८१

वीरगंज । वीरगंजका विभिन्न नाकाबाट पछिल्लो समय तस्करी हुने क्रम बढेको छ ।

भारततर्फ तस्करीका लागि सीमा क्षेत्रमा भण्डारण गरिएको ठूलो परिमाणको चिनियाँ लसुन मंगलबार प्रहरीले बरामद गरेपछि तस्करी हुँदै आएको थप प्रमाणित भएको हो ।

विन्दवासिनी गाउँपालिका वडा नम्बर ३, झौवा स्थित कुखुराको फार्ममा भन्सार छली चोरी निकासी गर्नका लागि भण्डारण गरिएको १०२ बोरा लसुन प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले अनधिकृत रुपमा भण्डारण गरिएको उक्त लसुन बरामद गरिएको बताइएको छ ।

नामथर नखुलेका व्यक्तिले कुखुरा फार्ममा भण्डारण गरेको उक्त लसुनको तौल करिब १७ क्विन्टल ८० किलोग्राम रहेको छ । लसुनको बजार मूल्य चार लाख ८० हजार छ सय रुपैयाँ रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार लसुन लुकाईछिपाई भारत चोरी निकासी गर्ने योजना रहेको अधारमा बरामद गरिएको हो ।

बरामद लसुनलाई कानूनी प्रक्रिया पुर्‍याई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।

तर सीमा क्षेत्रका बासिन्दा भने सशस्त्र र नेपाल प्रहरीका अधिकारीदेखि घुमुवा प्रहरीसँगै ‘लाइन’ मिलाएर चिनियाँ लसुनको भारततर्फ तस्करी हुने गरेको बताउँछन् ।

चिनियाँ लसुन तस्करी गर्ने दुई-तीनवटा ठूलो गिरोहले प्रहरीका अधिकारीसँग सेटिङ मिलाएर काम गरिरहेको स्थानीयहरुको भनाइ छ ।

हिजो मंगलबार पक्राउ परेको चिनियाँ लसुन तिलावे बार्वा निवासी सन्दीप चौरसिया र उत्तम तिवारी समुहकै रहेको स्थानीय स्रोतबाट खुलासा भएको छ ।

यसका अलावा पनि सन्दीप चौरसिया र उत्तम तिवारीसहित चारर पाँच जनाको समुहले युनिलिभरको फेयर एण्ड लब्ली, सन्सिल्क स्याम्पु , लक्स, भेसलिन, पोन्डस्, क्लोजअप दन्तमन्जन जस्ता कस्मेटिक सामानको पनि भारततर्फ तस्करी गर्दै आएका छन । उनीहरुलाई प्रहरीले नै साथ दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077