Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

भारतीय सेना प्रमुख द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

भारतीय सेना प्रमुख द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं । भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ।

राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले सेनापति द्विवेदीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपालका सेनापति भारतीय सेनाको मानार्थ सेनाध्यक्ष र भारतीय सेनाध्यक्ष नेपालका मानार्थ महारथी रहने चलन छ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्टहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077