Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कास्कीबाट लागूऔषधसहित एक युवक पक्राउ

कास्कीबाट लागूऔषधसहित एक युवक पक्राउ

शुक्रवार , मंसिर ७, २०८१

कास्की । कास्कीबाट लागूऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।

पर्नेमा पोखरा महानगरपालिका–२९ भण्डारढिनस्थित नयाँबस्तीका २६ वर्षीय कपिल घिमिरे रहेका छन्।

गस्ती गएको प्रहरीलाई गाउँलेले लागूऔषधको कारोबार गरेको सूचना दिएपछि प्रहरीले घिमिरेको घर खानतलासी गरेको थियो।

खानतलासीको क्रममा घिमिरे सुत्ने कोठाको भित्तामा कालो झोलाभित्र लुकाईछिपाई राखेको डाइजापाम २२८ एम्पुल, फेनेरागन २१२ एम्पुल र ब्रुफिन २२२ एम्पुल गरी ६६२ एम्पुल लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनको साथबाट लागूऔषधसँगै एउटा मोबाइल पनि भेटिएकोछ । घिमिरेलाई बिहीबार जिल्ला अदालत कास्कीमा लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077