Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

विदेश पठाउने भन्दै युवती बेचबिखन गर्ने थिङ पक्राउ

विदेश पठाउने भन्दै युवती बेचबिखन गर्ने थिङ पक्राउ

शुक्रवार , मंसिर ७, २०८१

चितवन । भारतको बाटो हुँदै विदेश पठाउने भन्दै युवतीलाई बेचविखनको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका १४ का राजु भन्ने ४४ वर्षका राजकुमार थिङ रहेका छन् ।

उनले गाउँका ५ युवतीलाई ललाइफकाई भारत पुर्‍याएर बेच्न लागेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नारायणगढबाट भारत लैजान सुनौली जाने बस चढाउन लागेका बेला थिङ पक्राउ परेका हुन् ।

युवतीहरुको पासपोर्ट संकलन गरी भिसा लगाउन भारत पठाएको र उत्तैबाट विदेश जाने भन्दै युवतीहरुलाई भारत लैजान लागेको आरोप छ ।

पक्राउ परेका युवतीहरुलाई सेफ हाउसमा राखिएको छ। थिङविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077