Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जुत्तामा लुकाएर ल्याएको २ किलो सुनसहित कर्मा पक्राउ

जुत्तामा लुकाएर ल्याएको २ किलो सुनसहित कर्मा पक्राउ

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । दुई किलो सुनसहित रसुवाको कालिकाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने कर्मा सोनाम लामालाई पक्राउ गरिएको हो ।

कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

यसबारे आवश्यक अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको रसुवा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077