Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

आईजीपी कुँवरद्धारा एआईजीद्वय गुरूङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

आईजीपी कुँवरद्धारा एआईजीद्वय गुरूङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी प्रधान कार्यालयमा आईजीपी बसन्तबहादुर कुँवरले डिआइजीबाट एआइजीमा बढुवा भएका बुद्धिराज गुरूङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

आईजीपी कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुई जनालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि शुक्रबार प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरी चिन्ह प्रदान गरेको हो।

आईजीपी कुँवरले संगठनको हितको लागि सकल दर्जाको सामूहिक प्रतिवद्धता आवश्यक रहेको उल्लेख गर्दै आ-आफ्नो जिम्मेवारी र भूमिकामा सदैव क्रियाशील, चिन्तनशील र दृढ संकल्पित रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077