Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

हनि ट्रयापिङ प्रकरण : इन्स्पेक्टरलाई जोगाउन सरकारी वकिलमा समेत चलखेल !

हनि ट्रयापिङ प्रकरण : इन्स्पेक्टरलाई जोगाउन सरकारी वकिलमा समेत चलखेल !

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । हनि ट्रयापिङ गिरोहसँग नेपाल प्रहरीकी इन्स्पेक्टर बिनुकुमारी शाहीलाई जोगाउन सरकारी वकिल कार्यालयमा समेत चलखेल भइरहेको छ ।

जसकारण प्रहरीले प्रतिवेदन बुझाएको चार दिन हुँदा समेत सरकारी वकिल कार्यालयमा मुद्दा रोकेर राखिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गत मंगलबार रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरमा बुझाएको थियो ।

तर, शुक्रबारसम्म पनि मुद्दा दायर हुन सकेको छैन । जबकी संगठित अपराध मुद्दाको हदम्यादको ६० दिन समेत पूरा भइसकेको छ ।

बिहीबार इन्टरनेटमा समस्या आएको भनेर मुद्दा दायर नगरिएकोमा शुक्रबार पनि नभ्याइएको भनेर पक्राउ परेका आरोपीको म्याद थपिएको छ । इन्स्पेक्टर शाहीले विभिन्न शक्तिकेन्द्रबाट चलखेल गरेकाले सरकारी वकिल प्रभावमा परेको स्रोत बताउँछ ।

इन्स्पेक्टर शाही ललितपुरको भैंसेपाटी प्रभागको प्रमुख हुँदा एक व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरेर छाडिदिएको थियो ।

परिसरले सूचना पाएपछि झिकाएर अनुसन्धान थाल्दा हनि ट्रयापिङ गिरोहसँग इन्स्पेक्टर मिलेको पुष्टि भएको थियो ।

जसमा गिरोहका नाइके ताज इस्लामसहित सुष्मा विक, भिमादेवी थापा तथा प्रहरी हवल्दार महेन्द्र हमाल पक्राउ परेका थिए ।

इन्स्पेक्टर शाही र गिरोहका सदस्य दर्शन पोखरेललाई फरार प्रतिवादीका रुपमा मुद्दा दायर गर्न सिआइबीले सिफारिस गरेको थियो ।

यो प्रकरणमा मुछिएका एसपी कमल थापामाथि भने सिआइबीले थप अनुसन्धान गरिरहेको छ । इन्स्पेक्टरलाई समेत जोगाउन एसपी थापा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077