Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बालिकालाई यौन कार्यमा लगाएको आरोपमा तीन युवती पक्राउ

बालिकालाई यौन कार्यमा लगाएको आरोपमा तीन युवती पक्राउ

शुक्रवार , मंसिर ७, २०८१

कास्की । बालबालिकालाई बन्धक बनाएर यौन कार्यमा लगाएको आरोपमा तीन युवती पक्राउ परेकी छन् ।

कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखा पालुङ्टार गाउँपालिका-४ स्थायी घर भइ हाल पोखरा-६ लेकसाइडस्थित होटल स्नोल्याण्डमा डेरा गरी बस्ने १९ वर्षीया ममता तामाङ, मकवानपुर बागमती गाउँपालिकां-८ स्थायी घर भइ हाल काठमाडौंको बूढानिलकण्ठ नगरपालिका-७ कपन बस्ने २३ वर्षीया रिना तामाङ र पूर्वी नवलपरासी मध्यबिन्धु नगरपालिका-१० स्थायी घर भइ हाल पोखरा-६ लेकसाइड बस्ने १९ वर्षीया जस्मिन ठकुरी छन् ।

उनीहरूले ती चारजना बालिकालाई राम्रो जागिर दिन्छु, तलब राम्रो हुन्छ भन्दै विश्वासमा पारी कोठा बाहिरसमेत निस्किन नदिइ परपुरुषसँग शारीरिक सम्पर्क गर्न बाध्य तुल्याउँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

साथै त्यहाँबाट ४ जना बालिकाको उद्दार गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077