Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कैलालीमा लागुऔषधसहित तीनजना पक्राउ

कैलालीमा लागुऔषधसहित तीनजना पक्राउ

शनिवार , मंसिर ८, २०८१

कैलाली । कैलालीमा छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले हिजो साँझ गोदावरी नगरपालिका-८, फकलपुरमा ३५ वर्षीय निर्मल चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीको साथबाट १ ग्राम ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद भएको छ । उनीमाथि थप अनुसन्धानका लागि मालाखेती प्रहरीको हिरासतमा राखिएको छ।

त्यसैगरी, लम्की-चुहा नगरपालिका-३, चिसापानी खैरेनीस्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीले २ किलो ७५ ग्राम चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चिसापानी र ब्युरो धनगढीको टोलीले कालिकोट पचालझरना गाउँपालिका-६ का २८ वर्षीय अर्जुन बुढा र सोही स्थानका २७ वर्षीय वीरेन्द्र बुढालाई चेकजाँच गर्दा झोलामा लुकाएर राखिएको चरेश फेला परेको थियो ।

पक्राउ परेका दुवै जनालाई लम्की प्रहरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077