Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

दबाब वा प्रभावमा नपरी काम गर्न प्रहरी अधिकारीहरुलाई आईजीपी कुँवरको निर्देशन

दबाब वा प्रभावमा नपरी काम गर्न प्रहरी अधिकारीहरुलाई आईजीपी कुँवरको निर्देशन

शनिवार , मंसिर ८, २०८१

नुवाकोट । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले कसैको दबाब वा प्रभावमा नपरी काम गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

नुवाकोट जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण भएका मन्दिर र नागरिक सहायता कक्षको उद्घाटन गर्दै आईजीपी कुँवरले उक्त निर्देशन दिएका हुन् ।

उनले प्रहरीको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै लैजानुपर्ने बताए ।आईजीपी कुँवरले प्रहरी र नागरिकबीचको सम्बन्ध सुमधुर र सुदृढ रहेमात्र समाजमा अपराधहरूलाई निर्मूल पार्न सकिने बताए।

सीमित साधन स्रोतका बाबजूद पनि प्रहरीले आफ्नो शत प्रतिशत योगदान दिने प्रयास हरदम गरिरहेको भन्दै उनले पछिल्लो समय प्रत्याशित वा अप्रत्याशित रूपमा आएका वा आउन सक्ने विपद्जन्य घटना सबैको चुनौतीको रूपमा देखिएका बताए।

आईजीपी कुँवरले समाजमा अशान्ति र अराजकता फैलाउने आपराधिक समूह, गैरकानूनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरू, सामाजिक संजालको दुरूपयोग गर्ने व्यक्तिहरू विरूद्ध खरो रूपमा प्रस्तुत भई कुनै पनि किसिमको दवाव र प्रभावमा नपरी उत्कृष्ट कार्यसम्पादन गर्न कटिवद्ध रहन प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077